३३ तोला सुनसहित सुन पसलमा काम गर्ने व्यक्ति फरार

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक ८, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, पोखरा । पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रा.लि.मा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् ।

भारतको कलकत्ता घर भई उक्त ज्वेलर्समा काम गर्दै आएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

ज्वेलर्सको ३३ तोला सुन लिइ सिर्जनाचोकस्थित गहना बनाउने ठाउँमा लिइ गएकामा बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस